काठमाडौं । नेपालका लागि चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले नयाँ विद्युतीय सहरी एसयुभी चेरी क्यूको डेलिभरी काठमाडौंसहित चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा सुरु गरेको छ।
४१.२ किलोवाट आवर क्षमताको ब्याट्री र चार सय किलोमिटर रेन्ज रहेको चेरी क्यूमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, ७० लिटर क्षमताको विद्युतीय फ्रंक, १५.६ इन्चको टचस्क्रिन तथा २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास) सुविधा उपलब्ध छन्।
आकर्षक डिजाइन र आधुनिक प्रविधियुक्त यस एसयुभीले सन् २०२५ को रेड डट डिजाइन अवार्ड र सन् २०२६ को आइएफ डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
पाँच प्रमुख सहरमा डेलिभरी सुरु भएसँगै नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्नुका साथै ग्राहकलाई सहज रूपमा सवारीसाधन उपलब्ध गराउने लक्ष्य कम्पनीले राखेको छ।