१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुई मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियाे जसपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १५:२८:oo

लुम्बिनी प्रदेश सरकार गठन गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै जनता समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिएका छन्। 

जोखबहादुर महरा नेतृत्वको लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका हुन्। कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालेका उनले पार्टीले राजीनामा दिन निर्देशन दिएपछि मन्त्री पदबाट राजीनामा दिएको बताए।

उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन्। चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका  जोखबहादुर महराले अहिरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेकोमा यही वैशाख ६ गते कृषिमन्त्रीको जिम्मेवारी दिएका थिए।

सत्तागठबन्धनमा चैत २२ गते भएको सहमतिमा  जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति भएको, तर मन्त्रिपरिषद् विस्तार गर्दा जसपाबाट थप एकजना मन्त्री नियुक्त नगरेपछि राजीनामा दिएको जसपाले जनाएको छ।

सरकारबाट फिर्ता भए पनि समर्थन भने कायम रहेको अहिरले बताए। लुम्बिनीमा जसपाका तीन सांसद छन्। यहाँ मुख्यमन्त्री महराले ४८ जना सांसदको विश्वासको मत पाएका थिए। ४८ जना सांसदको समर्थन रहेकाले जसपाले समर्थन फिर्ता लिए ४५ सांसद अर्थात् बहुमत कायमै रहन सक्ने सत्ताको अंकगणित छ। यही ६ वैशाखमा मन्त्रिमण्डल विस्तार गरी ११ सदस्यीय पुर्‍याइएको थियो। 

ad
ad