१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार o७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जहाज दुर्घटनामा मृत्यु भएका सबैको सनाखत, ६ जनाको शव परिवारले बुझे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o७:५o:oo

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव परिवारले बुझेका छन् । सनाखत भने सबैको भइसकेको त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभागले जनाएको छ । 

अस्पतालका अनुसार शुक्रबार ६ जनाको शव परिवारलाई बुझाइएको छ । मृत्यु भएका को–पाइलट सुशान्त कटवालसहित उद्धव पुरी, अश्विनकुमार निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र दिलीपकुमार बर्माको शव अस्पतालले परिवारलाई बुझाएको हो । बाँकी शव शनिबार बुझाउने तयारी छ । सबै शवको सनाखत भइसकेको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले बताए । 

अन्य अस्पतालका फरेन्सिक विभागका चिकित्सकलाई समेत खटाएर छिटो पोस्टमार्टम गरिएको अस्पतालले जनाएको छ । 

कतिपयको शव क्षतविक्षत भएको थियो । जसकारण जिउमा भएका लुगा तथा गरगहना, शरीरका निशानी, दाँतको बनावट र आफन्तले दिएको हुलियाको वर्णनका आधारमा शवको सनाखत गरिएको अस्पतालले जनाएको छ । मृतकका परिवारले भने एयरलाइन्सले राहत तथा क्षतिपूर्तिका विषयमा कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।