१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत र श्रीलंका महिला एसिया कपको फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o८:१८:oo

साबिक विजेता भारतले बंगलादेशलाई १० विकेट र श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेका हुन्

साबिक विजेता भारत महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले शुक्रबार श्रीलंकाको दाम्बुलामा बंगलादेशलाई दश विकेटले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो ।दोस्रो सेमिफाएनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेटले हराउँदै भारतविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । 

भारत नवौँपटक एसिया कपको फाइनलमा पुगेको हो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर ८० रन बनाएको थियो । भारतले ११ ओभरमा एक विकेट पनि नगुमाएर ८३ रन जोड्दै सानदार जित निकाल्यो । 

भारत सन् २००४ मा पहिलोपटक फाइनल पुगेको थियो । यही वेलादेखि महिला एसिसी कप सुरु भएको थियो । भारतले २००५, ०६, ०८, ०१२, ०१६ र ०२२ को संस्करणको फाइनल खेलेको थियो । भारतले एकपटक मात्र फाइनल गुमाएको छ । सन् २०१८ को फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो । शुक्रबार बंगलादेशविरुद्धको भारतको जितमा कप्तान स्मृति मान्धनाले अर्धशतकीय इनिङ्स खेलिन् । उनले साफली बर्माले पहिलो विकेटका लागि अविजित साझेदारी गरेकी थिइन् । 

बर्माले २८ बलमा दुई चौकाको सहयोगमा २६ रनको योगदान दिइन् । स्मृतिले ३९ बलमा नौ चौका र एक छक्का प्रहार गरी सर्वाधिक ५५ रन बनाइन् । बंगलादेशको बलिङमा नाहिदा अक्टेरले तीन ओभरमा ३४ रन दिएकी थिइन् । बंगलादेशले भारतविरुद्ध पाँच बलर प्रयोग गरेको थियो । रुमाना अहमेदले एक ओभरमा पाँच रन मात्र दिइन् । जहनारा अलामले इनिङ्समा एक मात्र छक्का सामना गरिन् । भारतीय खेलाडीले नाहिदाविरुद्ध सर्वाधिक ६ चौका प्रहार गरेका थिए । 

रेनुकाले गरिन् घातक बलिङ
भारतीय बलर रेनुका सिंहले बंगलादेशविरुद्ध घातक बलिङ प्रदर्शन गरेकी थिइन् । उनले आफ्नो पहिलो बलिङ स्पेलमै तीन विकेट लिइन् । चार ओभर गरेकी उनले एक मेडन राखी १० रन खर्चेकी थिइन् । उनले सुरुवातमै महत्वपूर्ण विकेट लिएपछि बंगलादेश दबाबमा आयो । उनले पहिलो ओभरमै दिलारा अख्तर, तेस्रो ओभरमा इस्माइल जन्जिम र पाँचौँ ओभरमा खातुनलाई पेभेलियन पठाइन् । रेणुकालाई राधा यादवले गतिलो साथ दिइन् । यादवले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् । 

कप्तान निगरको सर्वाधिक रन
बंगलादेशको कमजोर ब्याटिङमा कप्तान नागिर सुल्तानाले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले पाँच बलमा दुई चौका प्रहार गरेकी थिइन् । बंगलादेशले १०.५ ओभरमा पाँच विकेट गुमाएर ३३ रन मात्र बनाएको थियो । भारतीय बलरको कसिलो बलिङ प्रदर्शनमा बंगलादेशी खेलाडीले स्ट्रोक लगाउन सकेनन् । सोर्नाले १८ बलमा दुई चौकाको सहयोगमा १९ रन बटुलिन् । बंगलादेशको ब्याटिङमा केवल ६ चौका मात्र समावेश भयो । बंगलादेशी खेलाडीले छक्का प्रहार गर्न सकेनन् । भारतले चार अतिरिक्त रन दिएको थियो । बंगलादेशको ब्याटिङमा समान दुई खेलाडी शून्य र एक रनमा आउट भए ।