१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
२o८१ श्रावण १२ शनिबार o७:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रत्येक पाँच वर्षमा आइपिएलको अक्सर गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o७:२३:oo

आइपिएलको मेगा अक्सन प्रत्येक तीन वर्षमा एकपटक हुने गर्छ, सहभागी फ्रेन्चाइज टोलीहरूले मेगा अक्सनमा थप दुई वर्ष समय बढाउन माग राखेका छन्

विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) हरेक पाँच वर्षमा एकपटक मात्र अक्सन हुनुपर्ने माग राखेको छ । आइपिएलका फ्रेन्चाइजहरूले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)सँग प्रत्येक पाँच वर्षमा अक्सन हुनुपर्ने माग राखेका हुन् । बिसिसिआईको बोर्ड बैठकमा आइपिएलमा आबद्ध १० फ्रेन्चाइज टोलीका पदाधिकारीले संयुक्त रूपमा अक्सन सम्बन्धबारे आ–आफ्नो धारणा राखेका हुन् । 

यसअघि आइपिएलको मेगा अक्सन प्रत्येक तीन वर्षमा एकपटक हुने गथ्र्यो । अब सहभागी फ्रेन्चाइजले मेगा अक्सनमा थप दुई वर्ष समय बढाउने माग राखेका हुन् । उनीहरूले पाँच वर्षको समय राख्न र सबैले त्यसको फाइदा लिन सक्ने दाबी गरेका छन् । बिसिसिआईले रहेक तीन–तीन वर्षमा आइपिएलको मेगा अक्सन गर्दै आइरहेको छ । बैठकमा सहभागी धेरैजसो टोलीका अधिकारीहरूले कम्तीमा ६ खेलाडीलाई रिटेन गर्न पाउनुपर्ने मागसमेत राखेका छन् । 

अहिले आइपिएलमा एकपटकमा चार खेलाडी मात्र रिटेन गर्न पाउने प्रावधान छ । विशेष गरी मध्यम प्रदर्शन गर्ने आइपिएलका टोलीहरूले खेलाडीको प्रदर्शनअनुसार अक्सन सम्झौता हुनुपर्ने जनाएका छन् । ‘खेलाडीको प्रदर्शनअनुसार उनीहरूको सम्झौता रकम राख्नुपर्छ,’ बैठकमा सहभागी एक पदाधिकारीले भारतीय मिडियालाई भने, ‘कतिपय अवस्थामा राम्रा खेलाडीले नराम्रो प्रदर्शन गर्दा पनि धेरै रकम खर्चने अवस्था छ ।’ 

खेलाडीको प्रदर्शनअनुसार रकम राखिँदा अन्यले यसको फाइदा लिन सक्ने उनीहरूको भनाइ छ । पाँच वर्षमा एकपटक मात्र मेगा अक्सन हुँदा ठूला टोलीहरूले आफ्ना विश्वासिला खेलाडीलाई रिटेन गर्ने मौका मिल्नेछ । यस्तो अवस्थामा टोलीले ती खेलाडीलाई कम मूल्यमै आफूसँगै राख्न सक्छन् । कोलकाता नाइट राइडर्सले रिंकु सिंहलाई ५५ लाख भारुमा अनुबन्ध गरेको थियो । कोलकाताले रिंकुलाई प्रत्येक वर्ष यही रकममा सम्झौता नवीकरण गर्दै आइरहेको छ । 

अहिले भारतका युवापुस्तामध्ये रिंकु सर्वाधिक चर्चित क्रिकेटरमा पर्छन् । उनको मूल्य बजारमा अकासिएको छ । तर, कोलकाताले पुरानै सम्झौता रकममा उनलाई टोलीमै राखेको छ । खेलाडीको प्रदर्शनअनुसार मूल्य नपाएको समेत गुनासो बैठकमा छलफल भएको थियो । यसैगरी, आरटिएमको प्रणालीअनुसार पाँच खेलाडीलाई रिटेन गर्न सकिने अवधारणा बोर्डमा प्रस्तुत भएको छ । गत संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अन्य टोलीले मोटो रकममा सम्झौता गर्न तयार छन् । यस्तो अवस्थामा खेलाडीले आफूआबद्ध टोलीसँग कस्तो सम्झौता गर्नेछन् भन्ने प्रश्न छ ।