१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १२ शनिबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १२ शनिबार o७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगर्न पीडितको निवेदन 

‘त्रासरहित र शान्तिपूर्ण जीवन जिउन चाहन्छु’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १२ शनिबार o७:५८:oo

उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन नगर्न पीडित (गौशाला २६)ले उच्च सरकारी वकिल कार्यालय, पाटनमा निवेदन दिएकी छिन् । सो मुद्दाका कारण आफूले अनेक दबाब झेल्नुपरेको र अब त्रारसहित र शान्तिपूर्ण जीवन जिउन चाहेको भन्दै उनले पुनरावलोकन नगर्न आग्रह गरेकी हुन् । 

उच्च सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार निवेदनमा उनले आफू उच्चको फैसलाका कारण र सामाजिक सञ्जालमा आएका टीका–टिप्पणीले मानसिक तनावमा रहेको उल्लेख गरेकी छिन् । कसैको दबाबमा आफूले जाहेरी नदिएको र अरूले आफूजस्तो नियति भोग्नु नपरोस् भन्ने मनसाय रहेको उनको भनाइ छ । सफाइ दिने उच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने उनले बताएकी छिन् । 

उनले निवेदन दिँदैमा सर्वाेच्चमा पुनरावेदन भने रोकिँदैन । फैसलाको अध्ययन गरेर पुनरावेदन गर्ने–नगर्ने सम्बन्धमा निर्णय गरिने उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख शंकर खत्रीले बताए । 

गत २ जेठमा भएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको थियो । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेकोमा उच्च अदालत पाटनले सफाइ दिएको थियो । आर्थिक सहयोग नगरेको रिसको आवेगमा गौशाला २६ ले क्रिकेटर लामिछानेविरुद्ध जाहेरी दिएको र सहमतिको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै उच्च अदालतले उनलाई सफाइ दिने फैसला गरेको थियो ।