१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १६ शुक्रबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १६ शुक्रबार १७:५९:००

प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। सर्वोच्च अदालतले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको हो।

न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो।

गुरुङ ०७९ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा गुरुङलाई पनि कसुरदार ठहर गरेको थियो।

भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै कारण अयोग्यता सिर्जना नहुने मुख्य निर्वाचन अधिकृत कार्यालयको निर्णय र उक्त मुद्दाको फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको भन्दै निलम्बन फुकुवाको आदेश भएको हो।

‘यी निवेदक तत्कालीन अवस्थामा प्रतिनिधिसभाको सदस्यको उम्मेदवार हुँदाकै बखत निजउपर विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्ने उजुरी पर्दा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको कारणले अयोग्यता सिर्जना नहुने भनी मुख्य निर्वाचन अधिकृत कार्यालयबाट निर्णय भई निज निर्वाचनमा विजयी भएको भन्ने संलग्न निर्वाचन आयोगबाट प्राप्त फाइलबाट देखिन्छ,’ आदेशमा भनिएको छ।