१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १५ बिहीबार ०८:००:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुनकोशीमा बेपत्ता तीनै बालबालिकाको शव फेला

Read Time : < 1 मिनेट
२०८० चैत १५ बिहीबार ०८:००:००

सुनकोशी नदीमा डुबेर बेपत्ता भएका तीनै बालबालिकाको शव फेला परेको छ । होली मनाएर पौडी खेल्ने क्रममा बेपत्ता भएका उदयपुर त्रियुगा नगरपालिका– १४ साउनेबजारकी १२ वर्षीया रेखा मगर, नौ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको शव फेला परेको हो ।

आइतबार सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको तीन बालबालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी रमेश थापाले जानकारी दिए । उनले जिल्ला अस्पताल गाईघाटमा तीनै बालबालिकाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको पनि बताए । 

त्रियुगा नगरपालिका– १४ का वडाध्यक्ष हिमराज मगरले बेपत्तामध्ये रिदमको शव मंगलबार घटनास्थलभन्दा एक किलोमिटर पर घिर्लिङ भन्ने ठाउँमा भेटिएको जानकारी दिए । बुधबार बिहान रेखाको शव घटनास्थलभन्दा दुई किलोमिटर तल सिम्लेमा फेला परेको थियो ।

अर्का बालक लोकबहादुर मगरको शव बुधबार दिउँसो घटनास्थलभन्दा एक किलोमिटर तल फेला परेको वडाध्यक्ष मगरले जानकारी दिए । बालबालिकाको समूह गत आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएका थिए ।