मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २८ बुधबार
  • Monday, 31 August, 2026
दीपक भट्ट रामेछाप
२o८o चैत २८ बुधबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोशीमा डुबेर एकको मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार १७:४९:oo

रामेछाप नगरपालिका–५ रामपुर कोलन्जोर घाटस्थित सुनकोशी नदIमा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–५ अकोटेका अन्दाजी ५२ वर्षीय लबहादुर लामा रहेको प्रहरीले जनाएको छ। लामा केही महिनादेखि रामेछापको रामपुर कोलन्जोर घाटमा निर्माणाधीन पक्की मोटरेबल पुलमा ज्यामी काम गर्दै आएका थिए। 

हिजो साँझ पुलमा दिनभर काम गरेर कोठातर्फ गएका लामा रातको समयमा कोठामा नदेखेपछि उनीसँगै बस्ने अन्य साथीहरूले उनको खोजतलास गरेका थिए। साथीले खोज्दासमेत लामा फेला नपरेपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए।

आज बिहान प्रहरीसमेतको टोली खोजी कार्यमा जुटेको थियो। खोज्ने क्रममा लामाको शव नजिकै रहेको सुनकोशीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।