१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:३५:oo

होली मनाएर पौडी खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव फेला परेको छ। उदयपुरको त्रियुगा नगरपालिका– १४ साउने बजारका १२ वर्षीया रेखा मगर, नाै वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले १२ वर्षीया रेखा मगर र नाै वर्षीय रिदम मगरको शव भेटिएको जानकारी दिए। उनका अनुसार अर्का १२ वर्षीय लोकबहादुर मगर अझै बेपत्ता छन्। उनले भने, ‘घटनास्थलमा अहिले पनि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।’ 

रेखा मगरको शव सुनकोशीमा पर्ने साउनेको धाप्लाङघाटदेखि ६ किलोमिटर तल सूर्यढुंगा भन्ने स्थानमा बुधबार फेला परेको हो भने रिदमको शव मंगलबार नै फेला परेको एसपी थापाले बताए। 

बालबालिकाको समूह गत आइतबार दिनभर होली खेलेर धाप्लाङघाट पुगेकाे थियाे। कोशीमा पौडिन पसेकामध्ये चारजनाको स्थानीयले उद्धार गरेका थिए भने तीनजना बेपत्ता भएका थिए। 
 

ad
ad