१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ३ शनिबार १२:२९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल कराते महासंघको प्रथम साधारणसभा सुरु

Read Time : < 1 मिनेट
२०८० चैत ३ शनिबार १२:२९:००

नेपाल कराँते महासंघको प्रथम वार्षिक साधारणसभा सुरु भएको छ। दुई दिन चल्ने साधारणसभा बाराको निजगढमा शनिबार उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदको विकासका माध्यमबाट नै देशको विकास सम्भव हुने बताए।

महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता रहेका खेल संघमध्येको कराँते महासंघले एक वर्षको अवधिमा धेरै काम गरेको भन्दै महासंघको कामको प्रशंसा गरेका थिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा अबका दिनका धेरै पदक ल्याउन खेलको स्तर हेरेर राखेपले लगानी गर्ने उनको भनाइ थियो। सातै प्रदेशका करिब एक सय प्रतिनिधिको सहभागिता रहेको साधारणसभामा बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले शुभकामना मन्तव्य राख्दै खेलकुद विकासका लागि बागमती प्रदेश खेलकुद परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्वता जाहेर गरे।

नेपाल कराँते महासंघका महासचिव दाबा गुरुङले एकबद्ध कराँतेले अबका दिनमा आउने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा देशका लागि धेरैभन्दा धेरै पदक ल्याउने विश्वास व्यक्त गरेका थिए।