१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनुशासन र आत्मविश्वासका लागि कराते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:३६:oo

- कराते, तेक्वान्दो, बक्सिङ, कुङ्फु, जुडोलगायत कम्ब्याट गेम्स अर्थात् हतियारविना नै खेलिने खेल हुन् । यी खेल पछिल्लो समय मानिसका व्यक्तिगत विकासका लागि सहायकसिद्ध हुँदै आएका छन् । मार्सल आर्टका सबै विधाले प्रशिक्षार्थीहरूलाई प्रतिबद्ध, अनुशासित र सफल बन्न प्रोत्साहित गर्छ । शारीरिक र मानसिक रूपमा सशक्त बनाउन यसको महत्वपूर्ण भूमिका रहन्छ । 

- आत्मरक्षा, आत्मविश्वास र अनुशासन यसको प्रमुख उद्देश्य हो । मार्सल आर्ट खेल्दा रक्तसञ्चार र श्वासप्रश्वासको संयोजन राम्रो हुनाले बौद्धिक विकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । बढ्दो उमेरका बालबालिकाहरूको शारीरिक विकास राम्रो हुन्छ । लचकता बढ्छ । स्मरणशक्ति पनि तेजिलो बनाउँछ । साथै, सामाजिक रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सघाउँछ ।

- गुरु र अग्रजहरूलाई सम्मान गर्ने संस्कार विकास गर्न ठूलो भूमिका खेल्छ । जो मान्छे पहिला आक्रामक हुन्छ । त्यो मान्छे पनि मार्सल आर्ट सिकेपछि क्रमशः अनुशासित हुँदै जान्छ ।

- शारीरिक अभ्यास नगरेका व्यक्तिले भन्दा कसरत गर्नेले पौष्टिक आहारमा ध्यान दिनुपर्ने हुन्छ । खानामा रुचि बढाउँछ । सन्तुलित रूपमा खाने बानीको विकास गराउँछ । समय व्यवस्थापनमा सहयोग गर्छ । शरीरलाई सन्तुलन राख्छ र रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । 

- कराते खेल्ने व्यक्तिलाई थकानका कारण निद्रा लाग्छ । अल्छिपन हटाउँछ । युवालाई कुलतबाट जोगाउँछ । उनीहरू स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छन् र यसैमा ध्यान केन्द्रित रहन्छन् । त्यसैले यसलाई सिर्जनात्मक विधा भनिन्छ । 

ad
ad