१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मकवानपुरमा जुनियर क्योकुसिन कराते प्रतियोगिता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१o:oo

नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा यही फागुन १० गतेबाट हेटौँडामा जिल्लास्तरीय जुनियर क्योकुसिन कराते प्रतियोगिता हुने भएको छ । आयोजकले शुक्रबार पत्रकार भेटघाटमार्फत महासंघको स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जानकारी दिइएको हो ।

महासंघका जिल्ला अध्यक्ष सबिन मुक्तानका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहका चार/चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार महिलातर्फ ३०, ३५, ४५ र ५० केजीमुनिको र पुरुषतर्फ ३०, ३५, ४५ र ५० के.जीमुनिका समूहगत प्रतिस्पर्धी खेलाडी सहभागी हुन छन् । 

प्रतियोगितामा १ सय ५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई २-२ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष मुक्तानले जानकारी दिए । 

यस्तै, क्योकुसिन कराते खेलाडीबाट विभिन्न प्रदर्शनी हुने भने प्रतियोगिताको अन्तिम दिन १२ गते घ्याम्पो ब्रेकिङ, आइस ब्रेकिङ, टायल ब्रेकिङ, स्टोन ब्रेकिङ, लठ्ठी ब्रेकिङ, मोटर साइकल पेटबाट गुडाउनेजस्ता प्रदर्शनी रहने अध्यक्ष मुक्तानले बताए । यसैगरी, समापन समारोहमा मकवानपुरबाट राष्ट्रियस्तरमा खेल्ने र पदक प्राप्त गर्न सफल खेलाडीलाई समेत सम्मान गरिने बताइएको छ ।

ad
ad