१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

करातेका १२ खेलाडी  प्रारम्भिक छनोटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२३:oo

नेपाल कराते महासंघले चीनको हाङझाउमा हुने १९औँ एसियन खेलकुद प्रतियोगिताका लागि कराते छनोट शुक्रबारदेखि गरेको छ । कराते खेलाडी छनोटको पहिलो दिन तीन स्पर्धाबाट १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको संघले जनाएको छ । बाँकी पाँच स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुनेछ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपिएफका स्वर्णिम मानन्धर पहिलो भएका छन् । मानन्धरले नेपाल आर्मीका प्रवीण मानन्धरलाई फाइनलमा हराएका हुन् । यस स्पर्धामा नेपाल प्रहरीका महसुस मोक्तान र बागमती प्रदेशका यानुज महर्जन संयुक्त रूपमा तेस्रो भएका छन् । महिला एकल कातामा प्रहरीकी निर्मला तामाङले फाइनलमा नेपाल प्रहरीकी चञ्चला दनुवारलाई हराइन् ।

प्रहरीकी सरू कार्की र गण्डकी प्रदेशकी संगीता मगर तेस्रो भए । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ८४ केजीमुनिमा प्रहरीका विप्लव श्रेष्ठ, बागमतीका आशिष थापा तथा प्रदेश १ का रोजन खड्का र आर्मीका विपिनराज सिंह जर्जी प्रारम्भिक चरणमा छनोट भए ।

एथ्लेटिक्समा २० खेलाडी छनोट
एसियाडमा सहभागिता जनाउन एथ्लेटिक्सबाट २० खेलाडी प्रारम्भिक छनोट भएका छन् । नेपाल एथ्लेटिक्स संघले विभिन्न ६ स्पर्धामा छनोट प्रतियोगिता आयोजना गरी २० खेलाडीको प्रारम्भिक छनोट गरेको एथ्लेटिक्सका केन्द्रीय सचिव आरके विष्टले जनाएका छन् । म्याराथनमा कृष्ण बस्नेत, खड्कबहादुर खड्का, नरेन्द्र रावत, होमलाल श्रेष्ठ, पुष्पा भण्डारी, विन्द्रा धन्के श्रेष्ठ र रेखा विष्ट रहेका छन् ।

यसैगरी, १० हजार मिटर दौडमा गोपीचन्द्र पार्की, दीपक अधिकारी, सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र फूलमती राना छनोट भएको संघले जनाएको छ । पाँच हजार मिटर दौडमा मुकेशबहादुर पाल, गजेन्द्र राई र नागेश्वर अहिर छनोट भए  । 

१५ सय मिटर दौडमा अजितकुमार यादव, सुनील सुनुवार, सोमबहादुर कुमाल, तेजबहादुर कार्की र सञ्जीव नेपाली रहेका छन् । एथ्लेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको दुईदिने छनोटमा दुई सय ५० खेलाडीको सहभागिता रहेको सचिव विष्टले जानकारी गराए ।

ad
ad