१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १२:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वायुसेवा सञ्चालक संघको अध्यक्षमा कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १२:००:००

 निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ, नेपाल (एओन)को अध्यक्षमा मनोज कार्की चयन भएका छन् ।

संघको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी समिट एयरका प्रबन्धक निर्देशक हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका सिइओ सुवास सापकोटा र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रूपेश जोशी चयन भएका छन् ।