१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
अमुल थापा काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार १५:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् भवनपरिसरमा लघुवित्तपीडितकाे प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार १५:२५:००

संघीय संसदकाे दुबै सदनका बैठक चलिरिहेका बेला आन्दोलनरत लघुवित्तपीडित संसद् भवन परिसर प्रवेश गरेका छन्। विभिन्न मागसहित काठमाडौं आएका पीडितहरू सोमबार बानेश्वर चोकबाट संसद् भवनपरिसर प्रवेश गरेका हुन्।

लामाे समयदेखि आन्दोलन गर्दै आएपनि सरकारले माग सम्बोधन नगरेपछि पीडितहरु बैठक चलिरहेकै बेला संसद भवन परिसरमा छिरेर प्रदर्शन गरेका हुन्।

साे क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएकाे थियाे। सामान्य अवस्थामा समेत पास लिएर छिर्नुपर्ने स्थानमा जबर्जस्ती छिरेर प्रदर्शन गरेपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

माइतिघर–बानेश्वर आसपासका क्षेत्रमा प्रदर्शन गर्न निषेध गरिएपनि लघुवित्तका पीडितहरु उक्त क्षेत्र हुँदै संसद भवन परिसर प्रवेश गरेका हुन्।

 

तस्बिरहरू :