१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर ।
समाचार डिजिटल संस्करण

बानेश्वर घटनाबारे सुरक्षा प्रमुखहरूसँग गृहमन्त्रीको सोधपुछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १४ सोमबार २०:५०:००

लघुवित्तपीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवनपरिसर प्रवेश गरेको घटनामा गम्भीर चासो व्यक्त गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रबन्धप्रति असन्तुष्टि जनाएका छन्। 

गम्भीर सुरक्षा लापरबाही भएको भन्दै यस विषयमा उनले सुरक्षा प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग सोधपुछ गरेका छन्। 

गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौं उपत्यका प्रहरी प्रमुख एआइजी दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतलाई उनले स्पष्टीकरण लिएका छन्। 

सुरक्षा चुनौतीको पूर्वानुमान हुन नसक्दा सो घटना भएको भन्दै तत्काल सुधार गर्न उनले प्रहरी नेतृत्वलाई सचेत पनि गराएका छन्। 

उता, संसद्परिसरको सुरक्षामा खटिएका प्रहरी निरीक्षक नेतृत्वका ३२ प्रहरीलाई प्रहरी मुख्यालयले जिम्मेवारीबाट हटाएको छ। साथै, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। 

समितिमा  जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य छन्। संघीय संसद्को दुवै सदनका बैठक चलिरहेका वेला आज आन्दोलनरत लुघवित्तपीडितहरू संसद् भवनपरिसर प्रवेश गरेका थिए।