१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
तस्बिर : रासस ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार ११:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तेस्रो लगानी सम्मेलन प्रारम्भ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्मेलन उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:१७:oo

तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन आयोजना भएको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरे। सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् । 

सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ता सहभागी छन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै, १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ।

यसअघि १९–२० फागुन ०७३ मा पहिलो तथा १५–१६ चैत ०७५ मा दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।  

 

 

ad
ad