१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Saturday, 28 September, 2024
फाइल तस्बिर ।
रमेश सुवेदी काठमाडाैं
२o८o पौष २० शुक्रबार २१:o३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइसिसी टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक 

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले समूह डीमा रहेका दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस्सँग खेल्ने

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार २१:o३:oo

आगामी जुनमा वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले शुक्रबार तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड सम्मिलित समूह ‘डी’मा परेको छ । दोस्रोपटक विश्वकप खेल्न लागेको नेपालले यसक्रममा टेस्ट मान्यता राष्ट्रहरू दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले टी–२० आईमा बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । दक्षिण अफ्रिका र श्रीलंकासँग भने पहिलोपटक खेल्ने अवसर पाएको हो । यस वर्षको विश्वकप वेष्ट इन्डिज र अमेरिकामा हुँदै छ । 

२० टोलीबीच ६ स्थानमा हुने खेलमा ५५ खेल आयोजना हुनेछन् । यसपटक विश्वकपमा क्यानडा, अमेरिका र युगान्डाले डेब्यु गर्दै छन् । नेपालले भने १० वर्षपछि विश्वकप खेल्नेछ । 

यसपटक समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, वेष्ट इन्डिज, अफगानिस्तान, युगान्डा र  पपुवा न्युगिनी छन् । 

चार समूहका शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् । अन्तिम आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । सुपर ८ का खेलहरू १९ देखि २४ जुनसम्म हुनेछन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।