१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o८o पौष १९ बिहीबार १o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बागलुङ महोत्सवको आकर्षण : गुन्द्रुक, भाँगो र अल्लोको कपडा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १o:o७:oo

बुधबारदेखि बागलुङमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक तथा व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव सुरु भएको छ । बागलुङ उद्योग वाणिज्य संघले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर महोत्सव सुरु गरेको हो । त्यसका लागि संघले ‘मेड इन बागलुङ’ नाम दिएर बागलुङमा उत्पादन हुने वस्तु बिक्री–वितरण तथा प्रदर्शनका लागि राखेको छ ।

यही स्टल अहिले महोत्सवको मुख्य आकर्षण बनेको छ । स्टलमा स्थानीय उत्पादनको रूपमा गुन्द्रुक, भाँगो, अल्लोको कपडा, मकैको पिठो, कोदाको पिठोलगायत वस्तु राखिएका छन् । यसका साथै नेपाली कागज र सिस्नोको धुलो, भुटेको मकै, टिमुर, आलु, सिल्टिमुर, मुलाको धजरालगायत सामग्री बिक्रीका लागि राखिएको आयोजक संघले जनाएको छ । मेला पुस २१ गतेसम्म चल्ने छ । 

संघले जिल्लाका स्थानीय तहसँग समन्वय गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेड इन बागलुङ’को स्टल राखेको हो । स्थानीय रूपमा उत्पादन हुने वस्तुहरू अधिकांश जिल्लाको ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकाका रहेका छन् । महोत्सवमा उत्कृष्ट कृषि उपज प्रदर्शन गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमार्फत जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टलमा यहाँको स्थानीय उत्पादन राखिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए । ‘यहाँको उत्पादनलाई देशका विभिन्न स्थानमा पु¥याउनु छ, किसानले उत्पादन गरेको वस्तुलाई निर्यात गर्न सकियो भने जिल्लाकै आर्थिक विकासमा टेवा पुग्नेछ,’ कँडेलले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न महोत्सव अवधिभर निःशुल्क रूपमा स्टल राखेर बिक्री–वितरण र प्रदर्शन गरिएको छ ।

यसलाई आगामी दिनमा थप विकसित गर्दै जानेछौँ ।’ स्टलमा जैमिनी नगरपालिका–३ दमेकमा रहेको रुद्रताल सामाजिक उद्यमी महिला सहकारीले मकै, भटमास, आलु चिप्स, काँकोको गुन्द्रक, सिस्नोको पाउडर, मंसिरे सिमी र भाँगो बिक्रीका लागि राखेको छ । ‘नगरपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा आलु चिप्स, सिस्नोको पाउडर र गुन्द्रुकको ब्रान्ड बनाएर बिक्रीका लागि महोत्सवमा आएका छौँ,’ सहकारीका अध्यक्ष चित्रा छन्त्यालले भनिन्, ‘स्टलमा किन्नेसँगै हेर्नेको पनि भिड छ, कम्तीमा प्रचारप्रसार होस् भन्ने हाम्रो चाहना छ, महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर स्टल उपलब्ध गराएकोमा हामी धन्यवाद दिन्छौँ ।’ उनले दैनिक दुई हजारदेखि तीन हजारसम्मको व्यापार भएको बताइन् । 

महोत्सवमा ताराखोला गाउँपालिकामा उत्पादित सेतो र रातो च्याउ, अल्लोको कपडा, धागो, नेपाली हाते कागज, आलु, मकै र सिल्टिमुरलगायतका वस्तु राखिएको छ । महोत्सवमा जिल्लाको ताराखोला गाउँपालिकाको ताराखोला उद्यम विकासअन्तर्गत स्थानीयस्तरमा उत्पादन भएका स्थानीय वस्तुको बजारीकरण गर्न बागलुङ बजार आएको उद्यम विकास सहजकर्ता विना सलामीले बताइएन् । स्थानीय उत्पादनबारे जानकारी नभएर बजार नपाएका वेला महोत्सवमा बिक्रीसँगै प्रचारप्रसार हुनु राम्रो पक्ष रहेको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले बताए ।