मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Thursday, 19 December, 2024
नवराज पनेरू डडेल्धुरा
२o८o पौष १७ मंगलबार १o:३२:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डडेल्धुरा मेडिकल कलेजमा २९ माघदेखि कक्षा सञ्चालन

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार १o:३२:oo

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघदेखि कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी गरेको हो । 
सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने जानकारी दिए । १० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनको भनाइ छ । ‘एमबिबिएसको पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ,’ उनले भने, ‘तत्काल तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सक्छौँ ।’ 

विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो । तर, डडेल्धुरा अस्पताल अहिले एक सय शड्ढयाको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ । विशिष्ट सेवासहितको संघीय अस्पताल भए पनि दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै रहेको छ । उपकुलपति जोशीले डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले मेडिकल कलेजमा अध्यापन र मेडिकल कलेजमा अध्यापन गराउने अध्यापकले डडेल्धुरा अस्पतालमा सेवा प्रदान गर्ने गरी मापदण्ड बनाउने पनि तयारी रहेको बताए । 

डडेल्धुरासहित सुदूर पहाडका अस्पतालमा दरबन्दीअनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मी नहुँदा समस्या छ । आइतबार डडेल्धुरा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विकट क्षेत्रमा स्वास्थ्यकर्मीलाई पठाउनै मुस्किल हुने गरेको बताए । ‘जनशक्तिको अभाव त देशभरि नै छ,’ उनले भने, ‘तर, विकट क्षेत्रमा स्वास्थ्यकर्मीलाई पठाउनै मुस्किल हुन्छ । पठाइहाले पनि मुस्किलले एक वर्ष पनि टिक्दैनन् ।’ 

आइतबार डडेल्धुरा अस्पतालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डडेल्धुरा अस्पतालमा छिट्टै स्तरोन्नति हुने र मेडिकल कलेज सञ्चालन गरेर आफैँ चिकित्सक उत्पादनतर्फ लाग्नुपर्ने बताएका थिए । ‘अस्पताल स्तरोन्नतिका लागि संगठन सर्वेक्षण भएर फाइल अर्थ मन्त्रालय पुगेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षभित्र अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन्छ ।’