१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २९ शुक्रबार ११:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको कर्जामा ३.५ प्रतिशत प्रिमियम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २९ शुक्रबार ११:४५:००

कुमारी बैंक लिमिटेडले सबै प्रकारका कर्जामा अधिकतम प्रिमियम ३.५ प्रतिशत कायम गर्ने भएको छ । बैंकले आफ्ना ऋणीको सेवा–सुविधालाई मध्यनजर गर्दै आउँदो जनवरी १ तारिखदेखि प्रिमियम दर घटाउने भएको हो ।

 नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्डबाहेक सबै प्रकारका कर्जा उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकमा लागू हुने जनाइएको छ । ग्राहकका गतिशील आवश्यकता र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकूल विभिन्न योजना प्रवद्र्धन गर्ने नियमित प्रक्रियाअन्तर्गत नयाँ प्रिमियम दर कायम गरेको बैंकको दाबी छ । 

हाल बैंकले देशभरमा तीन सय नौ शाखा, तीन सय २० एटिएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।