१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले गर्‍यो १० लाख बिमा रकम भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o६:oo

कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ । ‘परिवार सुरक्षा बचत खाता योजना’अन्तर्गत खाताधारकलाई सो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।  खाताधारकको परिवारको तर्फबाट कावासोती नगरपालिका वडा नं २ निवासी निज खाताधारक लक्ष्मी पाण्डे र उनका श्रीमान् विश्वनाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको थियो । 

उक्त रकम कुमारी बैंक लिमिटेडको कावासोती शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ । नेको इन्स्योरेन्सबाट बिमा दाबी रकम प्राप्त भई कुमारी बैंक लिमिटेडमार्फत सो रकम भुक्तानी गरिएको बताइएको छ । कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्छन् । 

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बिमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले विगत चार वर्षदेखि ग्राहकका सुविधाका लागि ‘परिवार सुरक्षा बचत खाता योजना’मार्फत बिमालगायत अन्य सुविधा प्रदान गर्दै आएको छ ।

ad
ad