Skip This
कुमारी बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ २९ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २९ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कुमारी बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २९ सोमबार १३:१३:oo

कुमारी बैंक लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभामा सामान्य प्रस्ताव पेस गरिएको थियो। 

बैंकका अनुसार साधारणसभाबाट आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव ०७९/८० असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आव ०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो।

सो साधारणसभामा भएको सञ्चालक समितिको चुनावमा संस्थापक सेयरधनी समूहबाट अमिरप्रताप जं.ब. राणा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण सेयरधनी समूह महिलातर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएको बैंकले जनाएको छ।