१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले आइटी कम्पनीलाई दिने कर्जा सुरक्षण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२२:oo

कुमारी बैंक लिमिटेडले सूचना प्रविधि (आइटी) क्षेत्रका लागि उपलब्ध गराउँदै आएको कर्जा सुरक्षण हुने भएको छ । बैंकले ‘केबिएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनिज’अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंकमार्फत आइटी क्षेत्रका कम्पनीलाई दिएको कर्जाको पोर्टफोलियो सुरक्षण गर्ने जनाइएको छ । आइटी क्षेत्रका कम्पनीलाई वित्तीय पहुँच सहज बनाउन यो सम्झौता कोसेढुंगा हुने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् । बैंकले सूचना प्रविधि क्षेत्रका विशेष आवश्यकतालाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । 

बैंकले हाल नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेजसँग साझेदारी गर्दै त्यस संगठनका सदस्य कम्पनीलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ ।

ad
ad