१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेक्सजेन  म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:१६:oo

नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडाैंमा आयोजित संक्षिप्त समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन्।

नयाँ उद्योग व्यवसाय गर्नेलाई लगानीको स्राेत पुर्‍याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानीपश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको बताइएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। लगानी हब प्रालि लगानीको नयाँ–नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्राेत पुर्‍याउने गरी स्थापित कम्पनी हो।

नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ।

ad
ad