![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/nit2023-11-20-11-16-23.gif)
निटको टायल्स कम्पनीले नेपालमा हालसम्मकै ठूलो प्रयोगात्मक केन्द्र सञ्चालनमा ल्याएको छ । आइतबार निटको टायल्स मार्बलले काठमाडौंको बत्तीसपुतलीमा आफ्नो सबैभन्दा ठूलो प्रयोगात्मक केन्द्रको उद्घाटन गरेको हो ।नयाँ केन्द्रले टायल्स क्षेत्रको प्रयोगात्मक मञ्च प्रदान गर्ने कम्पनीको दाबी छ ।
काठमाडौंमा केन्द्रले ग्राहकको प्रिमियम टायल, मार्बल र मोज्याक टायलसम्बन्धी ग्राहकलाई प्रयोगात्मक अनुभव प्रदान गर्ने मार्केटिङ उपाध्यक्ष सुव्रत वासुले बताए । निटको टायल्स तथा मार्बलको नयाँ प्रयोगात्मक केन्द्रमा ग्राहकले डिजाइन र नवीनताको संसारमा रहेको अद्भुत अनुभव गर्न सक्ने उनको भनाइ छ ।
प्रयोगात्मक केन्द्रको स्थापना सबै प्रकारका घर तथा व्यावसायिक स्थानका लागि डिजाइन, विचार तथा अन्य सामानको उच्चस्तरीय इन्टेरियर डिजाइनका साथ अत्याधुनिक प्रविधिको प्रयोगमा सतही समस्या समाधान र अन्तक्र्रिया गर्न उद्देश्यले गरिएको कम्पनीको दाबी छ । उच्चस्तरीय इन्टेरियर डिजाइनका साथ अत्याधुनिक प्रविधिको प्रयोग गरेर ग्राहकको सतही समस्या समाधान र अन्तक्र्रियाका लागि यस प्रयोगात्मक केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ ।
उत्पादन प्रदर्शनका लागी स्थापित केन्द्रमा निटको टायल्सले सुरुचिपूर्ण भुइँ तथा भित्ता टायल, मार्बल र मोज्याकका आधुनिक तवरका डिस्प्लेहरू रहेका छन् । जहाँ ग्राहकलाई छुने र कसरी निटकोका उत्पादनले आफ्नो ठाउँमा रूपान्तरण गर्न सक्छन् भनेर कल्पना गर्न मद्दत गर्ने नेपालका वरिष्ठ क्षेत्रीय हेड उत्तम रिमालले बताए ।
कम्पनीका अनुसार प्रयोगात्मक केन्द्रमा भर्चुअल रियालिटी डिजाइन स्टुडियोसमेतको व्यवस्था गरिएको छ । रिमालले भने, ‘भर्चुअल रियालिटी डिजाइन स्टुडियो ग्राहकलाई आफूले खरिद गर्न चाहेका विभिन्न उत्पादन उनीहरूका घरमा वा व्यावसायिक स्थानमा कस्तो देखिन्छ भनेर छानिएका डिजाइनहरू भर्चुअल रूपमा हेर्न मिल्ने उपकरण हो ।’
त्यस्तै, केन्द्रमा प्रदान गरिने डिजाइन परामर्श अर्को विशेषताका रूपमा रहेको छ । यसमा विशेषज्ञ डन्टेरियर डिजाइनद्वारा ग्राहकलाई घर वा व्यावसायिक परियोजनाका लागि आवश्यक टायल्स मार्बल र मोज्याकहरूको उत्तम लुक्स र डिजाइन सिर्जना गर्न परामर्श प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ उत्पादनको प्रदर्शन गर्न भुइँ र भित्ता टायल, मार्बल र मोज्याकका नयाँ डिस्प्लेहरू पाउनेछन् । जसमा उपभोक्ताले सोरुममा पूरै अवलोकन गरी आफ्नो ठाउँमा कसरी रूपान्तरण गर्न सकिन्छ भनेर कल्पना गर्न मद्दत गर्न सहयोग पु¥याउने कम्पनीको भनाइ छ । नेपालका लागि वरिष्ठ क्षेत्रीय प्रबन्धक रिमालका अनुसार नेपाल टायल्सका लागि बढ्दो बजार हुनुका साथै ग्राहकले राम्रो जीवनशैली र गुणस्तरीय उत्पादन खोज्ने हुनाले उनीहरूको सन्तुष्टिका लागि यो प्रयोगात्मक केन्द्र सञ्चालनमा ल्याइएको हो ।