मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २८ सोमबार
  • Tuesday, 11 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २८ सोमबार २२:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः तीन सचिवको सरुवा, एकको बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २८ सोमबार २२:४१:oo

सरकारले तीन सचिवको सरुवा गरेको छ। सोमबार साँझको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा घनश्याम उपाध्यायलाई जिम्मेवारी दिएको छ। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए। अर्थसचिव रामप्रसाद घिमिरेको राष्ट्रपति कार्यालयमा सरुवा भएको छ। राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडी अख्तियार पुगेका छन्।

घिमिरे गत साउनमा मात्र अर्थसचिव बनेका थिए, त्यसअघि उनी राजस्व सचिव थिए।

हाल अर्थको जिम्मेवारी पाएका सचिव उपाध्याय अख्तियारमा जानु अघि श्रम मन्त्रालयमा थिए भने त्यसअघि बागमतीमा प्रमुख सचिव भएर काम गरेका थिए। सचिवमा बढुवा हुनु अघि उनी कर्णालीको अर्थसचिव थिए। कर्णाली जानु अघि उनले ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि सम्हालेका थिए। उपाध्याय अर्थ प्रशासनका क्याडर भए पनि सहसचिवमा बढुवा भएपछि अर्थ संरचना बाहिरै थिए। उनी राजस्व समूहबाट निजामती सेवामा प्रवेश गरेका  हुन्।

अधिकारी सचिवमा बढुवा
सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ। लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन्। 

बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो। अधिकारी बढुवा भएका हुन्।