मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २८ सोमबार
  • Tuesday, 11 February, 2025
२o८१ माघ २८ सोमबार २o:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुप्रिम सहकारी रकम अपचलन प्रकरण : पूर्वडिआईजी छविलाल जोशी पुर्पक्षका लागि थुनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २८ सोमबार २o:३८:oo

जिल्ला अदालत रुपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सोमबार अदालतमा उपस्थित जोशीलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले बताए ।

थुनछेक बहसपछि कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई थुनामा पठाउने आदेश भएको श्रेष्तेदार ज्ञवालीलले बताए ।
थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, सहन्यायधिवक्ता गोकर्ण घिमिरे र प्रतिवादीको तर्फबाट मनोजकुमार चौधरी लगायतले बहस गरेका थिए ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतमा उपस्थित भएर थुनछेक बहसपछि आदेशअनुसार एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक लामिछाने, पूर्वडिआईजी जोशीलगायत ४२ जना विरुद्ध सहकारीको रकम ठगी गरेको भन्दै अभियोग पत्र दर्ता भएको थियो ।