मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २८ सोमबार
  • Tuesday, 11 February, 2025
२o८१ माघ २८ सोमबार २o:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद

सहाराका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २८ सोमबार २o:५१:oo

सहारा क्लब पोखराका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका छन् । क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका तेस्रो ब्याचका ६ जनालाई ब्रिगेड ब्वाइजले टोलीमा अनुबन्ध गरेको हो ।

सोमबार पोखरामा आयोजित कार्यक्रममा क्लब अध्यक्ष केशवराज बराल र ब्रिगेड ब्वाइजका धनबहादुर गुरुङले खेलाडी अनुबन्ध गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर एवं खेलाडी हस्तान्तरण र भित्र्याउने कार्यक्रममा हिमश्री फुड्स प्रालिका निर्देशक समेत रहेका स्व. सूर्यबहादुर केसीका छोरा प्रकाश केसी, एन्फाका सहायक सिइओ विनोद गुरुङ, खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत उपस्थित थिए । 

सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेडले सहाराका खेलाडी टोलीमा अनुबन्ध गरेको हो । सम्झौतासँगै सहाराका अध्यक्ष बरालले विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाए ।

कार्यक्रममा ब्रिगेड ब्वाइजले सहारालाई एकेडेमी सञ्चालनको लागि सहयोगस्वरुप दुई लाख हस्तान्तरण गरेको थियो ।

क्लबका सचिव टंक पौडेलका अनुसार एकेडेमीमा हाल चौथो ब्याजमा ३० जना बालक आश्रित छन् । एकेडेमीमार्फत उनीहरुले निःशुल्क शिक्षा, दीक्षा र आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनी आयोजना गर्ने फुटबल प्रतियोगिताबाट बचत रकम एकेडेमी सञ्चालनमा खर्च गर्दै आएको छ ।