१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २ शनिबार
  • Sunday, 30 June, 2024
२o८o मङ्सिर २ शनिबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

महोत्तरीमा छठको तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २ शनिबार १८:o६:oo

मिथिलाको मुख्य पर्व छठको तयारी पूरा भएको छ। छठको दोस्रो दिन खरनामा अधिकांश नदी तथा पोखरीका घाटहरू सजाइसकिएको छ भने केही स्थानमा तयारी अन्तिम अवस्थामा पुगेको छ।

प्रायः स्थानमा जनस्तरबाटै छठघाटहरू सजाइने गरिए पनि सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरी, पुरानो बस स्ट्यान्ड पोखरी, परिक्रमागाछी पोखरीसहित जिल्लाका अन्य स्थानीय तहसमेतको सहयोगमा घाटहरूमा सरसफाइ र सजावटलगायतका काम भएका हुन्। जलेश्वर, मटिहानी र पिपराका साथै महोत्तरीका प्रायः सबै स्थानमा तयारी अन्तिम अवस्थामा छ। 

यता नेपाल र भारत तथा महोत्तरी र धनुषा छुट्याउने सीमा क्षेत्रमा पर्ने मटिहानी तुल्सियाहीस्थित बिग्ही नदीको किनारमा समेत छठको तयारी अन्तिम अवस्थामा छ। महोत्तरी, धनुषा तथा भारतको मधवापुर र वरिपरिका स्थानीयले सोही नदीमा संयुक्त रूपमा छठ मनाउँदै आएका छन्। राष्ट्रियताका हिसाबले फरक भए पनि यी स्थानमा धार्मिक र सांस्कृतिक हिसाबले एकरूपता र सहिष्णुता देखिन्छ।

यता सदरमुकाम जलेश्वरस्थित बरुण सर पोखरीमा नगरपालिकाको तर्फबाट घाटहरूमा रंगरोगनका साथै सरसफाइ गरिएपछि घाट विगतकोभन्दा निक्कै आकर्षक देखिएको छ। पोखरीमा निजीस्तरबाट दुईथान बोटसमेत सञ्चालन गरिएको छ।

छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको विधिवत समापन गरिन्छ। आज शनिबार छठको दोस्रो दिन छठका व्रतालुहरूले घरमै गुँड, दुध मिश्रित खिर, केरालगायतका प्रसाद चढाएर खरना पूजा गर्नेछन्। छठमा भाकल गरेकाहरूले पमरिया नचाउने, दण्ड प्रणामलगायत आ-आफ्नो भाकलअनुसार सूर्य देवतालाई खुसी पार्ने तयारीमा छन्।

यता छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि पनि हाट बजारमा भिडभाड देखिएको छ। बजारमा अर्घ्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखुलगायतका सामग्रीहरू किन्नेको भिड छ।

ad
ad
ad
ad