१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
तस्बिर : नेपाल प्रहरी
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक १८ शनिबार १६:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुमबाट सात घाइतेलाई काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक १८ शनिबार १६:२२:००

गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सातजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शनिबार उनीहरूलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको हो।

निगमको एक ट्विनअटर जहाज शनिबार बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ। उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ।

दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगन्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौं केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ। रासस