१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिचिङ अस्पतालमा पोइजन सूचना केन्द्र स्थापना  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार १३:४३:oo

विष सेवन गरेकाहरूलाई बचाउने उद्देश्यले त्रिवि शिक्षण अस्पतालपरिसरमा पोइजन इन्फर्मेसन सेन्टर’ स्थापना गरिएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सो केन्द्रको उदघाटन गरेका छन्। त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फर्माकलोजी विभागले उक्त ‘पोइजन इन्फर्मेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले नेपालमा विष सेवन गरेर आत्महत्या गर्नेको संख्या बढेको स्मरण गर्दै त्यसको रोकथामका लागि त्रिवि शिक्षण अस्पतालले ‘पोइजन इन्फर्मेसन सेन्टर’ स्थापना गरेर प्रशंसनीय निय काम गरेको बताए।

नेपालमा बर्सेनि ६ हजार नाै सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. राकेश घिमिरेले त्यसमध्ये २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए। 

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घन्टा आवश्यक सूचना उपलब्ध गराउँदै आएको बताउँदै डा. घिमिरेले विष सेवनपछिको उपचारका विषयमा कुनै जानकारी लिनुपरेमा ०१–४५०२०११ मा फोन गर्न सकिने जानकारी दिए। कार्यक्रममा अर्का चिकित्सक डा. रामु खरेलले सूचना केन्द्रले धेरैको ज्यान बचाउन सकिने बताए।