१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंहदरबार प्रवेश गर्न सोमबारदेखि इ–गेट पास 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:२६:oo

सिंहदरबार प्रवेशका लागि सोमबारदेखि इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको छ।जसअनुसार अब सर्वसाधारणले सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास प्राप्त गर्न सक्नेछन्।

सिंहदरबार पास डट जिओभी डट एनपीमा गएर पासका लागि अनुरोध गर्न सकिने र स्वीकृत भएपछि जारी हुने गृह मन्त्रालयले जनाएको छ।

सिंहदरबारको प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउन इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। परीक्षणपश्चात् सबै मन्त्रालय र निकायमा इ–गेट पास प्रणाली सञ्चालनमा ल्याइने गृह मन्त्रालयले जनाएको छ।

ad
ad