१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक ९ बिहीबार १४:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्गामूर्ति विसर्जनका क्रममा नदीमा बेपत्ता भएका युवाको शव भेटियो

Read Time : < 1 मिनेट
२०८० कार्तिक ९ बिहीबार १४:०९:००

रुपन्देहीको मर्चवारमा दुर्गामूर्ति विसर्जनको क्रममा नदीमा डुबेर बेपत्ता भएका २० वर्षीय सन्तकुमार राजभरको शव दुई दिनपछि भेटिएको छ ।

दसैँको दिन दुर्गामूर्ति विसर्जनका क्रममा नदीमा बेपत्ता भएका तीनजनामध्ये दुईजनाको सोही दिन शव फेला परे पनि राजभर बेपत्ता भएका थिए । बुधबार दिनभर र बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले खोजतलास जारी राखेका थिए ।

बुधबार बिहानैदेखि कुरिनटारमा रहेको सशस्त्रको नौजनाको गोताखोर टोली र जिल्लामा रहेको सशस्त्र, जनपद र सर्वसाधारणले शवको खोजीकार्य गरेको सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए ।  

दुर्गामूर्ति विसर्जनको क्रममा कोटहीमाई गाउँपालिका- १ बस्ने  २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको शव सोही दिन भेटिए पनि सोही ठाउँका २० वर्षीय सन्तकुमार राजभर नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव बिहीबार मध्याह्न फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका– १ र ५ को सिमानाको रूपमा रहेका दुईमोहन नदीमा मूर्ति विसर्जनको क्रममा मंगलबार दिउँसो तीनजना नदीमा बेपत्ता भएका थिए ।