Skip This
बाँकेमा दुर्गामूर्ति विसर्जनमा उच्च सुरक्षा सतर्कता : शान्तिपूर्ण रूपमा गन्तव्यतर्फ प्रस्थान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाँकेमा दुर्गामूर्ति विसर्जनमा उच्च सुरक्षा सतर्कता : शान्तिपूर्ण रूपमा गन्तव्यतर्फ प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १८:१२:oo

बाँकेका विभिन्न स्थानमा पदस्थापन गरिएका दुर्गामूर्ति विसर्जनका लागि राप्ती नदी र घाटमा लगिएको छ । नेपालगन्ज क्षेत्रबाट करिब दुई सय दुर्गामूर्ति सेलाउन राप्ती नदीस्थित सिधनिया घाटमा लगिएको बाँके प्रहरीले जनाएको छ । 

ट्रक, ट्याक्टर र पिकअप भ्यानमा राखेर दुर्गामूर्ति लगिएको छ । दुर्गामूर्ति विसर्जनलाई सहज र मर्यादित बनाउन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । अहिलेसम्म शान्तिपूर्ण रूपमा दुर्गामूर्ति विसर्जन भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । 

उनले कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको बताए । केही दिनअघि भएको घटनाबाट पाठ सिकेर ठूलो संख्यामा सादा पोसाकमा प्रहरी परिचालन गरिनुका साथै सदरलाइन, त्रिभुवन चोक, त्रिवेणी मोड, राप्ती रोड, घरबारी टोल, बिपीचोकलगायतका घरका छतमा समेत प्रहरी राखिएका छन् । 

मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्‍यालीमा आपराधिक व्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत अवलोकन गरेको छ । 

सुरक्षास्थितिबारे बुझ्न प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहाेरा, जिल्लास्थित नेपाली सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुखसमेत नेपालगन्ज बजारमा खटिएका छन् । उनीहरू त्रिभुवनचोक, त्रिवेणी मोड, राप्ती रोडमा आफैँ खटिएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए । 

मदिराजन्य पदार्थ निषेध

दुर्गामूर्ति विसर्जन र्‍याली निस्कने भएकाले र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री–वितरण तथा उपभोग निषेध गरिएको छ । बाँकेमा करिब ६ सय दुर्गामूर्ति रहेका छन् । नेपालगन्जमा मात्र ५६ वटा मूर्ति पूजाका लागि स्थापना गरिएको स्थानीय प्रशासनले जनाएको छ ।     
 

ad
ad