१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दुर्गामूर्ति विसर्जनका क्रममा नदीमा डुबेर दुईको मृत्यु, एक बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१७:oo

रुपन्देहीको मर्चवारमा दुर्गामूर्ति विसर्जनका लागि गएका दुईजनाको डुबेर मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्गामूर्ति विसर्जनको क्रममा बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको हो ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका- १ बस्ने  २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विश्वकर्माले जानकारी दिए । यस्तै, सोही ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका– १ र ५ को सिमानाको रूपमा रहेकाे दुईमोहन नदीमा मूर्ति विसर्जनको क्रममा मंगलबार दिउँसो तीनजना नदीमा बेपत्ता भएका थिए । स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरूबाट खोजतलास गरी दुईजनाको शव नदीबाट बाहिर निकालिएको छ ।

मृतक अजयकुमार नाउँ प्रहरी जवान रहेको प्रहरी उपरीक्षक विश्वकर्माले बताए । नाउँको पाल्पा दरबन्दी रहेको खुलेको छ । नाउँ अन्य डुबेकाहरूलाई बचाउाका लागि खोलामा गएको स्थानीयले बताएका छन् । 

दानव र तिनाउको संगमस्थल रहेको उक्त क्षेत्रमा विगतबाट नै मूर्ति विसर्जन हुँदै आएको थियो । सोही स्थानमा विगत वर्ष पनि मूर्ति विसर्जनको क्रममा युवाको डुबेर मृत्यु भएका घटना छन् । यहाँ हरेक वर्ष दसैँमा दुर्गामूर्ति, तिहारमा लक्ष्मी मूर्ति विसर्जन गर्ने गरिन्छ ।

ad
ad