१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
सर्लाहीको सदरमुकाम मलङ्गवामा दसैँमा दुर्गा पूजाको लागि बनाएको मुर्ति बुधबार विर्सजनका लागि लगिँदै । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षाकर्मी परिचालन गरेर दुर्गामूर्ति विसर्जन    

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:o५:oo

नवरात्रको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) एकादशीको दिन नदीमा विसर्जन गर्ने परम्परा छ । ट्रक, ट्रलीलगायत विभिन्न सवारीसाधनमा मूर्तिलाई राखेर लावालस्करका साथ, बाजागाजासँगै ब्यान्ड बाजा बजाएर नाचगान गर्दै (जय मातादी) को नारा लगाउँदै मूर्ति सेलाइएको  छ ।

मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजनकीर्तनसमेत गरिन्छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात् एकादशीको दिन सेलाउने परम्परा रहेको छ । मूर्तिमा विशेष गरी नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पूर्णाहुति गरी पूजापाठ सकिन्छ । 

बाँकेमा सुरक्षा व्यवस्था कडा  

दुर्गा भवानीको मूर्ति विसर्जनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको थियो । मूर्ति विसर्जनलाई सभ्य बनाउन नेपालगन्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र त्यसका लागि जिल्लामा करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानमा केन्द्रित गरेर बढी सतर्कता अपनाइएको थियो । ती स्थानमा १२ घन्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको थियो । सुरक्षालाई थप चुस्तदुरुस्त बनाउन नेपाल–भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको थियो ।

बाँकेका सहर तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएको दुर्गामूर्तिलाई राप्ती नदी, मानवखोला र कर्णालीमा लगेर सेलाइएको छ ।

जाँडरक्सी निषेध
दुर्गामूर्ति विसर्जनका क्रममा र्‍याली निस्कने भएकाले र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म बाँकेमा मदिराजन्य पदार्थको ओसारपसार, बिक्री–वितरण तथा उपभोग निषेध गरिएको थियो

सुरक्षाकर्मी परिचालन गरेर दुर्गामूर्ति विसर्जन

सर्लाहीको सदरमुकाम मलंगवामा दसैँमा दुर्गापूजाका लागि बनाएको मूर्ति बुधबार विसर्जनका लागि लगिँदै । तस्बिर : रासस   

यसैगरी सर्लाही सदरमुकाम मलंगवामा  बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गामाताको मूर्ति विसर्जन गरिएको छ । विगतमा मूर्ति विसर्जन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा- २ मा अवस्थित बरुण सरोवरमा बुधबार शिव भगवानको मूर्ति सेलाइँदै । तस्बिर :रासस   

यस वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गामाताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यस वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।  यसअघि मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो ।  

दुर्गामूर्ति विसर्जनका क्रममा नदीमा डुबेर दुईको मृत्यु, एक बेपत्ता
रुपन्देहीको मर्चवारमा दुर्गामूर्ति विसर्जनका लागि गएका दुईजनाको डुबेर मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्गामूर्ति विसर्जनको क्रममा बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको छ ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका- १ बस्ने  २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विश्वकर्माले जानकारी दिए । यस्तै, सोही ठाउँका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता छन्। उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  
     

     

     

 
     
   
     
 

ad
ad