
नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजरले सिंगापुरमा नेपालको झन्डा फहराएका छन् । कम्पनीका चारजना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडिआरटी ग्लोबल कन्फरेन्समा नेपालको झन्डा फराउँदै सहभागिता जनाएका हुन् ।
विश्वस्तरीय मान्यताप्राप्त बिमा अभिकर्ताहरूको संस्था एमडिआरटीले आयोजना गरेको ग्लोबल कन्फरेन्समा नेपालको झन्डा फहराउन पाउँदा गौरवान्वित महसुस भएको सहभागीहरू नेपाल लाइफबाट नेपाललाई प्रतिनिधित्व गरेका रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले बताए । विश्वका सात हजार पाँच सय सहभागी भएको कार्यक्रममा नेपालको परिचय दिन पाएको उनीहरूको भनाइ थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यसरी अन्तर्राष्ट्रियस्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकासका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाइ थियो । कम्पनीले धेरैभन्दा धेरै अभिकर्तालाई एमडिआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले उल्लेख गरे ।
नेपाल लाइफले ०८० असार मसान्तसम्ममा एक खर्ब ७२ अब रुपैयाँ लगानी गरेको तथा जीवन बिमा कोषमा एक खर्ब ६३ अर्ब रुपैयाँ सञ्चित रहेको जनाएको छ । कम्पनीले देशभरमा एक सय ९२ कार्यालयमार्फत जीवन बिमासम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाइएको छ ।