१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Friday, 06 September, 2024
२o८o भदौ २७ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतमा एक  नेपालीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार १२:o२:oo

 रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ । 

गत पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका  उनकाे मंगलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्त दशरथ चाडले बताए ।  कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । मृतक साउदका एक छोरी र श्रीमती छन् ।  रासस