मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ९ बुधबार
  • Wednesday, 22 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ९ बुधबार o९:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ड्रिम सिटीले गर्‍यो विद्यार्थीलाई पोसाक वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ९ बुधबार o९:३४:oo

लायन्स इन्टरनेसनल ३२५ केअन्तर्गतको लायन्स क्लब अफ काठमाडौं ड्रिम सिटीले विद्यार्थीलाई पोसाक वितरण गरेको छ । ड्रिम सिटीले गोरखा बारपाक सुलीकोट– ३ मा रहेको श्री ज्वालामुखी प्रावि र श्री हिमालयन माविमा अध्ययनरत तीन सय ५० विद्यार्थीलाई पोसाक वितरण गरेको हो । 

ड्रिम सिटीको संयोजनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर गुरुङको अध्यक्षता तथा बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष विष्टु भट्टको प्रमुख आतिथ्यतामा पोसाक वितरण गरिएको हो । उक्त वितरण कार्यक्रमाा डिस्ट्रिक ३२५ केका क्याबिनेट सेक्रेटरी लायन महाप्रसाद पाण्डे र चिफ एड्भाइजर लायन विष्णुहरि फुयाँलको उपस्थिति रहेको थियो ।

साथै, आइटी को–चिफ तथा एलसिके ड्रिमसिटीका संस्थापक अध्यक्ष लायन यज्ञराज पौडेल, जोन चियरपर्सन गोपालप्रसाद सापकोटा, वर्तमान अध्यक्ष लायन राजिन पनेरू, एचआइडिसिएल वरिष्ट प्रबन्धक रमेश पनेरू, पुरुषोत्तम पनेरू, लायन दिनेश पनेरू, देवप्रसाद ढकाल, लोकनाथ पनेरूलगायतको समेत उपस्थिति थियो । 

कार्यक्रममा बोल्दै क्लब अध्यक्ष राजिन पनेरूले देशभित्र तथा बाहिरका मनकारी दाता तथा क्लबको सक्रियतामा गरिएको पोसाक वितरण कार्यले विद्यार्थीको शैक्षिक एवं सर्वांगीण विकासमा सहयोग पुग्ने बताए ।