१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पनि उच्चस्तरीय छानबिन समिति गठनको विपक्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १७:o१:oo

नेपाली कांग्रेस सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायहरूले नै गर्नुपर्ने पक्षमा उभिएको छ। कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय अनुसन्धान ब्युरोलगायतका सरकारी निकायहरूले नै अनुसन्धान गर्नुपर्ने निर्णय गरेकाे हो।

बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘यस्ता प्रकृतिका अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्युरोलगायत सरकारी निकायहरूले छानबिन, अनुसन्धान गरिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकार यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ।’

त्रिभुवन विमानस्थलबाट ब्रेक सुमा लुकाएर तस्करी भएको सुनको छानबिनका लागि एमालेले उच्चस्तरीय समिति गठनको माग गर्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ। संसदीय दलको बैठकमा कांग्रेसका केही सांसदहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे पनि अन्ततः कांग्रेस सम्बन्धित निकायलाई नै छानबिनको जिम्मेवारी दिनुपर्ने पक्षमा उभिएको हो।