१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २९ सोमबार १६:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छलफल हुनै नसक्ने गरी सदन अवरुद्ध गर्नु गैरजिम्मेवारी : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार १६:३८:oo

सत्तारूढ दल नेपाली कांग्रेसले लामो समयसम्म सदनमा छलफल हुनै नसक्ने गरी संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारी भएको ठहर गरेको छ।

प्रतिपक्ष कुनै विषयमा आलोचनात्मक रूपमा प्रस्तुत हुनु स्वाभाविक भए पनि लामो समयसम्म संसद् अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी भएको कांग्रेस संसदीय दलको बैठकले ठहर गरेको हो।

‘कुनै विषयमा आफ्ना असहमति व्यक्त गर्न सरकार र समग्र राष्ट्रको ध्यान आकृष्ट गर्न प्रतिपक्षले सदनमा आलोचनात्मक रूपले प्रस्तुत हुनु स्वाभाविक हो । तर, लामो समयसम्म सदनमा छलफल हुन नसक्ने गरी संसद् अवरुद्ध गर्ने कार्य गैरजिम्मेवारी हो,’ बैठकका निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने।

बैठकले सत्तारूढ र प्रमुख प्रतिपक्षलगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सञ्चालन गर्न पहल गर्ने निर्णय पनि गरेको लेखकले बताए।

कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएकोसमेत बताएको छ। यस्ता गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धानको दायराभित्र ल्याई कानुनी कारबाही गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।