मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Tuesday, 11 March, 2025
२o८o श्रावण २८ आइतबार १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले हेटौँडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १९:३९:oo

दुई दिनदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी सडकखण्ड पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडानजिकै खसेको पहिरोले आज दिउँसोदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको छ। सवारीसाधनहरू बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन्। 

सोही सडकअन्तर्गतको बागमती गाउँपालिका– ३ टाकुर्चे र पाङ्दुर खोलामा पनि पहिरो खसेको छ। पहिरो खस्ने क्रम नरोकिँदा पहिरो हटाउन नसकिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।  

पहिरोले आइतबार दिउँसोदेखि नै भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्ड पनि अवरुद्ध पारेको छ। पटक-पटक पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि लगातार पहिरो खसिरहेकाले यातायात खोल्न नसकिएको डिएसपी कार्कीले बताए। 

इन्द्रसरोवर गाउँपालिका–२ मा सडकको माथिल्लो भागबाट खसेको पहिरोले सडक बन्द भएको छ। डिएसपी कार्कीले सडक विभागसँगको समन्वयमा प्रहरीसमेतको परिचालनबाट पहिरो खोल्ने प्रयास भए पनि पानी पर्न नरोकिँदा कठिनाइ भएको जानकारी दिए।

त्रिभुवन राजपथमा यातायात खुल्यो
पहिरोले अवरुद्ध त्रिभुवन राजपथ भने आइतबार अपराह्नबाट सञ्चालनमा आएको छ। भीमफेदी गाउँपालिकाको लामिडाँडामा खसेको पहिरो पन्छाइएको डिएसपी कार्कीले जानकारी दिए। पहिरो हटाएपछि हेटौँडा, पालुङ हुँदै काठमाडौं चल्ने यातायातका साधन चल्न थालेका छन्।