मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १६ शनिबार
  • Wednesday, 18 December, 2024
म्याड्रिड
२o८o असार १६ शनिबार o९:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बलात्कार अभियोगमा अल्भेज १२ वर्ष जेल जान सक्ने

Read Time : < 1 मिनेट
म्याड्रिड
नयाँ पत्रिका
२o८o असार १६ शनिबार o९:५o:oo

गत जनवरीमा मेक्सिको उड्नुअघि फुटबलर ड्यानी अल्भेजमाथि बार्सिलोनाको एक क्लबमा महिलामाथि बलात्कार गरेको आरोप

स्पेनिस पूर्वखेलाडी ड्यानी अल्भेज एक महिलामाथिको बलात्कार अभियोगमा गत जनवरीदेखि जेलमा छन् । ४० वर्षीय अल्भेजले बार्सिलोनाको एक सुटोन क्लबमा कार्यरत महिलामाथि ट्वाइलेटमा बलात्कार गरेको आरोप छ । महिलाले आफूमाथि बार्सिलोना र स्पेनिस राष्ट्रिय टोलीका पूर्वखेलाडीले बलात्कार गरेको मुद्दा गर्दा गरेपछि उनलाई पक्राउ गरेको थियो ।

बार्सिलोनाको एक उच्च अदालतमा यो मुद्दा चलिरहेको छ । बलात्कार मुद्दा दर्ता गरेकी २३ वर्षीया महिलाले अल्भेजले बारम्बार बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन् । हाल यस मुद्दासम्बन्धी सुनवाइ भएको छैन ।

आगामी अक्टोबर र नोभेम्बरमा अल्भेजको बलात्कारसम्बन्धी मुद्दाको पैmसला हुन सक्छ । स्पेनिस पत्रिका मार्काका अनुसार अल्भेज दोषी ठहरिए कम्तीमा १२ वर्ष जेल सजाय भोग्नुपर्नेछ । अल्भेजले धरौटीमा रिहा हुन राखेको निवेदन पनि अदालतले अस्वीकार गरेपछि उनी थप समस्यामा परेका हुन् । बार्सिलोनाको उच्च अदालतका न्यायाधीशहरूले अल्भेजलाई धरौटीमा रिहा गर्दा उनी देश छाडेर ब्राजिल जान सक्ने जनाएका छन् । 

स्पेन छाडेर सधैँका लागि ब्राजिलमा अल्भेज जाँदा एक महिलामाथि अन्याय हुने जनाउँदै न्यायाधीशहरूले अल्भेजको धरौटी माग अस्वीकार गरेका हुन् । यद्यपि, अल्भेजले आफू निर्दोष रहेको बताए पनि महिलाले प्रस्तुत गरेको प्रमाण बलियो देखेको मार्काले जनाएको छ । अल्भेजले एक अन्तर्वार्तामा आफूमाथि मुद्दा लगाउने महिलालाई कहिल्यै नदेखेको र नभेटेको दाबी गरेका छन् ।

ती महिलाले अदालत र प्रहरीसमक्ष झुटो प्रमाण पेस गरेको अल्भेजको भनाइ छ । अल्भेजले पछिल्ला घटनालाई लिएर श्रीमतीसँग एकपटक माफी माग्न चाहेको बताए । ‘मेरी श्रीमतीसँग मैले अहिलेसम्म गरेका नराम्रा कामको माफी माग्न चाहन्छु,’ आत्मालोचना गर्दै अल्भेजले भनेका छन्, ‘मैले जेलमै उनीसँग माफी मागेको थिएँ ।’