१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २३ बुधबार
  • Wednesday, 03 July, 2024
२o८१ जेठ २३ बुधबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २३ बुधबार १o:३३:oo

केलियन एम्बाप्पे आधिकारिक रूपमा सोमबार स्पेनिस क्लब रियल म्याड्रिडसँग आबद्ध भएका छन् । २५ वर्षीया फ्रेन्च युवा स्ट्राइकर एम्बाप्पेले रियलबाट फुटबल खेल्ने सपना पूरा भएको बताएका छन् । ‘यतिवेला मेरो स्पेनिस क्लबबाट खेल्ने सपना पूरा भएको छ,’ अनुबन्ध भएसँगै उनले भने, ‘सानैदेखि रियल म्याड्रिडबाट खेल्ने सपना थियो ।’ 

रियल र उनीबीच पाँच वर्षको सम्झौता भएको छ । रियलले उनलाई पाँच वर्षसम्म बोनसस्वरूप १५ करोड युरो दिने सम्झौता गरेको छ । फ्रेन्च खेलाडीले प्रत्येक वर्ष एक करोड ५० लाख युरो थप प्राप्त गर्नेछन् । यसका साथै क्लबको वार्षिक आम्दानीको हिस्सासमेत उनले पाउनेछन् । ‘यो समयमा म कति खुसी छु, यसको बयान गर्न सक्ने अवस्थामा छैन,’ इस्टाग्राममा उनले भने, ‘सपनाको सहर र क्लबमा अनुभव हुन पाउँदा आफूलाई गर्व लागेको छ ।’ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नवीकरण नगरी एम्बाप्पेले नयाँ सिजन २०२४/२५ मा रियलसँग आबद्ध हुने घोषणा गरेका थिए । 

गत फेब्रुअरीमा एम्बाप्पेले फ्रेन्च लिग छाड्दै रियलमा जाने घोषणा गरेका हुन् । सन् २०१७ मा उनी मोनाकोबाट पिएसजीमा आबद्ध भएका थिए । उनले पिएसजीका लागि कीर्तिमानी रूपमा दुई सय ५६ गोल गरेका थिए । पछिल्ला ४८ खेलमा उनले ४४ गोल गरेका थिए । लगातार ६ वर्ष उनी फ्रेन्च लिगका सर्वाधिक गोलकर्ता बनेका थिए । फ्रेन्च क्लब पिएसजीमा रहँदा उनले सातपटक लिग वानसँगै चार फरक उपाधि हात पारे । यसै साता रियलले कीर्तिमानी रूपमा १५औँपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको थियो । 

ad
ad
ad
ad