१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी म्याड्रिड
२o८१ बैशाख २० बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रियल १० अंकले अगाडि

Read Time : < 1 मिनेट
एजेन्सी, म्याड्रिड
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o६:oo

 रियल म्याड्रिडले स्पेनिसा ला लिगाको शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ । म्याड्रिडले शनिबार राति ओसासुनालाई ४–२ को अन्तरले हराउँदै शीर्ष स्थानमा दरिलो अग्रता लिएको हो । ओसासुनामाथिको सानदार जितसँगै म्याड्रिडले २९ खेलबाट ७२ अंक जोडेको छ । २७ खेल खेलेको जिरोना ६२ अंकका साथ दोस्रो स्थानमा छ ।

अर्को खेलमा गेटाफेसँग जिरोना १–० ले पराजित भएपछि म्याड्रिडले त्यसको फाइदा लिएको हो । यस जितसँगै म्याड्रिडले ला लिगामा आफ्नो अपराजित यात्रालाई २३ खेलसम्म पुर्‍याएको छ । २५ सेप्टेम्बर २०२३ मा एटलेटिको म्याड्रिडसँग ३–१ ले पराजित भएयता म्याड्रिड अपराजित छ । म्याड्रिडले १७ जित र ६ बराबरीको नतिजा निकालेको छ । 

ओसासुनाको मैदानमा ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले दुई गोल गरेका थिए । खेलको चौथो मिनेटमै जुनियरले म्याड्रिडलाई १–० को अग्रता दिलाए ।  म्याड्रिडको अग्रता लामो समयसम्म रहेन । खेलको सातौँ मिनेटमा ओसासुनाले १–१ को बराबरी गोल फर्काएको थियो र एन्टे बुडिमिरले ओसासुनालाई बराबरीमा ल्याएका थिए । उनले म्याड्रिडका डिफेन्डरहरूले गरेको गल्तीमा बराबरी गोल फर्काएका थिए ।

खेलको १८औँ मिनेटमा ड्यानी कार्भाजलले म्याड्रिडलाई २–१ को स्थितिमा राखे । पहिलो हाफमा म्याड्रिड र ओसासुनाले थप गोल गर्न सकेनन् । खेलको ६१औँ मिनेटमा ब्राहिम डियाजले म्याड्रिडलाई ३–१ को स्थितिमा राखे । उनले लगभग मैदानको मध्यभागबाट उत्कृष्ट फिनिसिङ गरेका थिए । खेलको ६४औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्र्दा म्याड्रिड ४–१ ले अघि रह्यो । खेलको अन्तिम इन्जुरी समयमा ओसासुनाले ४–२ का लागि गोल फर्कायो । 

ad
ad