१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता सिटीलाई स्तब्ध पार्दै रियल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:४१:oo

रियल म्याड्रिडले साबिक विजेता म्याचेस्टर सिटीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । रियलले बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सिटीलाई समग्रमा पेनाल्टी सुट आउटमा ४–३ ले हराएको हो ।

गोलरक्षक लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको सर्वाधिक विजेता रियल अन्तिम चारमा पुगेको हो । रियलका लागि लुका मोड्रिचको पेनाल्टी सिटीका गोलकिपर एडर्सनले बचाएका थिए । रियलका जुड बेलिंघहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरले गोल गरे । सिटीका लागि जुलियन अल्भारेज, फिल फोडेन र गोलकिपर एडर्सनले मात्र गोल गरे । 

दोस्रो लेगको निर्धारित तथा थप समयमा दुवै टोलीले १–१ को गोल गरेका थिए । दुवै टोलीबीच समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम चारको छिनोफानो भएको हो । रियलले पहिलो लेगमा सिटीलाई ३–३ को बराबरीमा रोकेको थियो । दोस्रो लेगको ७६औँ मिनेटमा डी ब्रुयनाले सिटीलाई बराबरीमा पुर्‍याएका थिए । यसअघि खेलको १२औँ मिनेटमा रियलले १–० को अग्रता लिएको थियो । भिनिसियसको क्रसमा रोड्रिगोले रिबाउन्डमा गोल गरेका हुन् । 

बायर्न म्युनिखले आर्सनललाई हरायो 
बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि बार्यन समग्रमा ३–२ ले विजयी हुँदै अन्तिम चारमा पुगेकाे हो । आर्सनलको घरेलु मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो ।

ad
ad