मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असार ११ सोमबार ११:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनका राजदूतले गरे नेटा सोरुम उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असार ११ सोमबार ११:११:oo

पोखराको आर्चलबोट चोकमा सिजी मोटर्सको नेटा सोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चीनका राजदूत चेन सङलगायतका व्यक्तित्वहरूले सोरुमको उद्घाटन गरेका हुन् । उद्घाटनपछि राजदूत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सिजी मोटर्सलाई सफलताको शुभकामना दिएका थिए । राजदूत सङले पोखरा सहरमा विद्युतीय गाडीको प्रयोग बढाउन सुझाव दिए । उनले पोखराका लागि पहिलो इभी ट्याक्सी साथै, पहिलो विद्युतीय माइक्रो बस हस्तान्तरण गरेको जनाइएको छ । 

राजदूत सङले नेपालमा डिजेल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभी गाडीको फाइदा धेरै नै रहेको बताए । नेपालमा ग्रिन इेनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भरतातिर जान चीनले सहयोग गर्ने उनको भनाइ थियो । साथै, नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरहरूमा चर्जिङ स्टेसनको विकास गर्ने उनले बताए । 

सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले अब पोखरावासीले समेत सहज रूपमा नेटा भीको अनुभव गरी खरिद गर्न सक्ने बताए । नेपालमा बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडीहरू बिक्री–वितरण गर्ने योजना र इभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाडौं–पोखरा रुटका लागि ११ देखि १९ सिटरसम्मका माइक्रो बसहरू उपलब्ध हुने उनले जानकारी दिए । 

पियोर इभी प्लेटफर्ममा बनेको नेटा भीले फुलचार्जमा तीन सय ८० किमिको दूरी पार गर्न सक्ने सिजी मोटर्सले जनाएको छ । १७० एम एम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भी नेपालका बाटाका लागि पनि उपयुक्त रहेको कम्पनीको दाबी छ ।