मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको व्यंग्य- ल्याएको त्यही १५ वटा राँगा !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार १६:१o:oo

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा भएको व्यंग्य गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन्। 

उनले प्रधानमन्त्रीले भारत भ्रमणमा नयाँ केही कुरा नभएको टिप्पणी गरेका हुन्। पञ्चेश्वर, पेट्रोलियम पाइप लाइन, इन्टिग्राटी चेकपोस्ट आफ्नै पालामा अघि बढेको दाबी गर्दै उनले पुरानै कुरा उद्घाटन गरेको बताए। 

साथै, उनले भ्रमणमा भएका छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनुपर्नेमा छोरी उपस्थित गराएको आपत्ति जनाए। 

उनले भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको आरोप लगाउँदै उनले ‘कम्फर्टेबल’ खोजेको आरोप लगाए।